टप खबर

एमाले द्वारा सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ६ सिट माग

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको माघ ११ गते हुने निर्वाचनमा २० मध्ये ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् । गठबन्धनले भने टीआरसीको विषय टुंगो लगाउनु पर्ने शर्त राखेको छ । आज कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने सहमति बने एमालेलाई सीट दिन सकिने गठबन्धनको शर्त छ ।

 

एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको भन्दै शंका व्यक्त गरिएको छ । माधवकुमार नेपालले भने एमालेलाई सिट दिन अस्वीकार गरेका बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?