टप खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

Lumbinikhabar Online

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएको हो। सुनसहित दुई जना व्यक्ति पनि पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ।

 

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जनाएको छ।विहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको हो।

Tags

छुटाउनु भयो कि ?