टप खबर

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

Lumbinikhabar Online

गत जेठ ७ गते आफ्नै घरमा मृत भेटीएकी आरती साहका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै बुधबार यस्तो आदेश गरेको हो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुर ९ थापाचोकमा आरती मृत फेला परेकी थिइन् । माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् । धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिनुभएको थियो । उक्त रिटमा बुधबार बहसपछि आदेश आएको हो ।

Tags

छुटाउनु भयो कि ?