टप खबर

लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

Lumbinikhabar Online

लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९/८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन दिनेमध्ये ३ दशमलव ७७ प्रतिशत सर्लाहीवासी छन्। तर परीक्षामा उत्तीर्ण भई सरकारी सेवामा सिफारिस हुनेमा भने गुल्मेली ३ दशमलव ९५ प्रतिशत छन्।

 

आयोगको वार्षिक तथ्यांकअनुसार आव २०७९/८० मा सरकारी सेवाप्रति सबैभन्दा बढी आकर्षण मधेसका पाँच जिल्ला क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाका बासिन्दामा देखिएको छ। तर परीक्षा दिएर उत्तीर्ण भई आयोगबाट सरकारी सेवामा सिफारिस हुनेमा क्रमशः गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका बढी छन्। उक्त आवमा सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाबाट मात्र १६ प्रतिशत (८१ हजार ४०३ वटा) दरखास्त परे। सोही आवमा देशभरका ७७ वटै जिल्लाबाट दरखास्त परेका थिए। सबैभन्दा न्यून दरखास्त पर्ने जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा छन्। ती जिल्लाबाट कुल ३ हजार ७३ मात्र (०.६३ प्रतिशत) दरखास्त परेका थिए। आव २०७९/८० मा मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवारले आयोगको परीक्षा पास गर्न सकेनन्। आयोगका अनुसार त्यस आवमा आयोगबाट सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ। नागरिक दैनिकमा खबर छ ।

Tags

छुटाउनु भयो कि ?