टप खबर

धरहरा तीन महिनाभित्रै सर्वसाधारणको लागि खुलाइने

Lumbinikhabar Online

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ।

अहिले निर्माणाधीन धरहरा परिसरको संरचनाको समष्टिगत भौतिक प्रगति ९० प्रतिशत भइसकेको छ। तर, अझै पनि धरहरा परिसरमा निर्माण हुने सबै संरचनाको काम भने सकिसकेको छैन।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक कोषराज अधिकारीले अहिले धरहरा परिसरमा निर्माणाधीन रहेका केही संरचनालाई यथावत्मा नै राखेर तीन महिनाभित्रै धरहरा सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको बताए।

Tags

छुटाउनु भयो कि ?