टप खबर

आन्दोलन निरन्तर जारी र​ह​न्छ : दुर्गा प्रसाईं

Lumbinikhabar Online

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बजाउ अभियन्ताका दुर्गा प्रसाईंले आफूहरुको आन्दोलनले निरन्तरता पाउने जनाउनुभएको छ । प्रदर्शनको तेश्रो दिन सिफलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईंले आफूहरु आन्दोलनको सार्थक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

आन्दोलनको तेश्रो दिन शनिबार सिफलमा प्रदर्शन गर्ने क्रममा उहाँले देशभरबाट सहभागी हुनेहरु क्रम जारी रहेकाले आगामी दिनमा सहभागीता झन् बढने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौंबासीसँग गुनासो समेत गर्नुभयो । प्रसाईंले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केवल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको दाबी गर्नुभयो ।

Tags

छुटाउनु भयो कि ?