बिजनेस

मंगलबार सेयर बजार नेप्से ११ मिनेटमा ३ प्रतिशत भन्दा माथि उठ्यो

Lumbinikhabar Online

पुष ७ – प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको तेस्रो दिन मंगलबार सेयर बजार हरियो भएको छ। आइतबारको संसद भंग भएदेखि शेयर बजारमा ३० अंकले गिरावट आएको थियो। यद्यपि मंगलवार पूर्व खुला खुला सत्रबाट हरियो देखिने नेप्से ६११.२१ अंक (३.११%) ले २०२२७.१७ अंकमा उकालो लागेको छ। यसै बीच १२४ कम्पनीका कुल ४३६,५०६ सेयर आज बिहान ११ बजेसम्म कारोबार भएको छ जसको परिणाममा रु २९२.२९५ करोडको कारोबार भएको छ। म्युचुअल फण्ड बाहेक अन्य र बैंकि समुहको उपसूचकांक आज ३ प्रतिशतभन्दा माथि उठेको छ। कारोबार गर्ने कम्पनीमध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

Tags

छुटाउनु भयो कि ?