५० प्रतिशत मात्र यात्रु राखेर हवाई सेवा सञ्चालन गर्नको लागि असमर्थ रहेको वायुसेवा सञ्चालक संघ, नेपालले जनाएको छ । सरकारले असोज १ गतेबाट आन्तरिक हवाई उडान तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।
संघले आज एक विज्ञप्ति जारी गर्दै सरकारले ५० प्रतिशत यात्रु लिएर नियमित उडान सञ्चालन गर्ने भनिएपनि सबै वायुसेवाहरु तयार नरहेको जनाएको छ ।
“नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन तथा नेपाल नागरिक उड्डयान प्राधिकरणबाट भएका निर्देशनको पूर्ण परिपालना गरी नियमित उडान सञ्चालन गर्न वायुसेवाहरु तयार नरहेतापनि ५० प्रतिशत यात्रु मात्र लिएर उड्नुपर्ने व्यवस्था सम्बन्धमा यस संघमा आवद्ध सबै वायुसेवाहरुको असहमती रहेकोले तत्काल उडान सञ्चालन गर्न असमर्थ रहेको व्यहोरा अनुरोध गर्दछु ।” जारी विज्ञप्तिमा भनिएको छ ।