टप खबर

डिजल र मट्टितेलको मूल्य घट्यो

Lumbinikhabar Online

नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य एक/एक रुपैयाँ घटाएको छ। बुधबार रातिदेखि लागू हुने गरी निगमले मूल्य घटाएको हो। अब प्रतिलिटर डिजल र मट्टितेल ९० रुपैयाँमा खरिद गर्न सकिनेछ।

पेट्रोलको मूल्य भने यथावत नै छ। निगमले अन्तर्राष्ट्रिय मूल्यमा समायोजन गर्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

Tags

छुटाउनु भयो कि ?