टप खबर

धादिङ-१ बाट रास्वपा उम्मेदवार बनिन आशिका तामाङ

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ मा सामाजिक अभियान्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट दिएका हुन्। यसअघि तामाङले काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै काठमाडौँबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिएन्। अहिले धादिङ–१ मा रास्वपाकै उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिने भएकी हुन्।

Tags

छुटाउनु भयो कि ?