कुर्मराज आचार्य ,
काठमाडौँ । मनास्लु वर्ल्ड कलेजको आयोजनामा “मिस्टर एण्ड मिस मनास्लु – अडिसन २०२६” उत्साहपूर्ण र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीभित्र लुकेका आत्मविश्वास, नेतृत्व क्षमता, सञ्चार कौशल र व्यक्तित्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको अडिसनमा कक्षा ११ र १२ का ३४ जना विद्यार्थी प्रतियोगीका रूपमा सहभागी भएका थिए। कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, बायोलोजी, बिजनेस स्टडीज तथा कानून संकायका विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई बहुआयामिक बनाएको थियो।

कार्यक्रम व्यवस्थापन संघका महासचिव सोनितराज ढुंगेल,
पत्रकार अरुणा श्रेष्ठ, चर्चित अभिनेत्री स्नेहा भट्टराई तथा ओजस्वी काफ्ले रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको आत्मविश्वास, स्टेज प्रेजेन्स, प्रस्तुति कला, बोल्ने शैली र समग्र व्यक्तित्वका आधारमा मूल्याङ्कन गरेका थिए।

कार्यक्रम व्यवस्थापन संघका महासचिव सोनितराज ढुंगेलले यस्ता प्रतियोगिताले विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाउने बताए। “यो केवल सौन्दर्य प्रतियोगिता होइन, नेतृत्व, अनुशासन र आत्मविश्वास निर्माण गर्ने अभ्यास हो,” उनले भने।
पत्रकार अरुणा श्रेष्ठले युवा पुस्ताको अभिव्यक्ति क्षमताको प्रशंसा गर्दै भनिन्— “आजका विद्यार्थीहरू स्पष्ट सोच र आत्मविश्वासका साथ प्रस्तुत हुन सक्छन् भन्ने कुरा यस अडिसनले प्रमाणित गर्यो।” अभिनेत्री स्नेहा भट्टराईले प्रतियोगीहरूको उत्साह देखेर आफू प्रभावित भएको बताइन्। “यहाँ मैले भविष्यका सक्षम र जिम्मेवार युवाहरू देखेँ,” उनको भनाइ थियो।

त्यस्तै ओजस्वी काफ्लेले विद्यार्थीहरूमा रहेको सम्भावना सही मार्गदर्शन पाए अझ निखारिने उल्लेख गरिन्।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले कलेज शिक्षा केवल किताबी ज्ञानमा सीमित नहुने स्पष्ट पारे। “विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि यस्ता सह–पाठ्यक्रम गतिविधि अत्यन्त आवश्यक छन्। मनास्लु वर्ल्ड कलेजले भविष्यमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजान्छ,” उनले बताए।
अडिसनबाट छनोट भएका प्रतियोगीहरू अब मिस्टर एण्ड मिस मनास्लु २०२६ को अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार अन्तिम चरण अझ भव्य र प्रेरणादायी बनाइनेछ।

