टप खबर

कुलमान घिसिङलाई रास्वपाको उपसभापति ब​नाइने, समानुपातिकमा १८ जना

Lumbinikhabar Online

कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।

यी तीनजनालाई जेन-जी अभियन्ता सुधन गुरुङले वार्तामा बसाएका थिए । अब समानुपातिकतर्फको अन्तिम सूची पनि एकता सहमतिअनुसार समायोजन गरेर निर्वाचन आयोगमा लगिनेछ ।

कुलमानले यसअघि फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गरेका थिए । तर पछिल्लो समय उनले रास्वपामा आफूलाई दोस्रो वरीयता र २५ प्रतिशत हिस्सा चाहिने अडान राखेका थिए ।

तीन नेताबीच सहमति भएको खबर उनै सुदनले सार्वजनिक गरेका हुन् । अब तीनजनाबीच हस्ताक्षरपछि समानुपातिक सूची आयोगमा लगिनेछ । तर के कस्तो सहमति जुट्यो भन्ने बाहिर आइसकेको छैन ।

Tags

छुटाउनु भयो कि ?