टप खबर

निर्वाचनअघि महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने गगन थापाको घोषणा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार थापाले भनेका थिए, ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन । नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’

आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?