बिजनेस

दोहोरो अंकले घट्यो नेप्से

Lumbinikhabar Online

आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । सोमबार ३ अर्ब ५१ करोड ५९ लाख ३० हजारको सेयर कारोबार हुँदा नेप्से १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारसँगै २ सय वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । साथै, आजको सेयर कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको सेयर कारोबारमा एसवाई प्यानलको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने मानुसी लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज दोहोरो अंकले नेप्सेमा गिरावट आउँदा व्यापार बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?