बलिवुड

बलिवुड फिल्म धुरन्धरले कमायो पाँच सय करोड

Lumbinikhabar Online

बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको १५ दिनमा घरेलु बक्स अफिसमा पाँच सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको १५ दिनमा ५०३.२० करोड भारु कमाई गरेको हो ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार तेस्रो साताको पहिलो शुक्रबार फिल्मले २३.७० करोड कमाएको छ ।  धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो ।

फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Tags

छुटाउनु भयो कि ?