नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजल/मट्टीतेलमा ५ रूपैयाँ बढेको छ।
बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।
खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।