शिक्षा

म्यापल इन्टरनेशनल एजुकेशनले ‘क्यानडा एजुकेशन फेयर-२०२५’ आयाेजना गर्ने

Lumbinikhabar Online

काठमाडौं : क्यानाडाकाे शैक्षिक परामर्शमा एक नम्बर कन्सल्टेन्सी बन्न सफल म्यापल इन्टरनेशनल एजुकेशनले ‘क्यानडा एजुकेशन फेयर-२०२५’ आयाेजना गर्ने भएको छ ।

आगामी कार्तिक २० गते बिहिबारका दिन (November 6) म्यापल इन्टरनेशनल एजुकेशनकाे कार्यालय पुतलीसडक, लक्ष्मी प्लाजामा ‘क्यानडा एजुकेशन फेयर-२०२५’ आयाेजना गर्न लागिएको हाे ।

क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले एक दिने एजुकेशन फेयरको आयोजना गरिएको म्यापल इन्टरनेशनल एजुकेशन, पुतलीसडकका अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वर ढकालले जानकारी दिए ।

शैक्षिक मेला (एजुकेशन फेयर) मा क्यानडाका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले प्रत्यक्ष सहभागिता जनाउनेछन् । फेयरमा सहभागी हुने विद्यार्थीहरूले आफ्ना जिज्ञासा पूरा गर्ने, भर्ना गर्न सक्ने, छात्रवृत्ति लगायत अन्य शैक्षिक अवसर समेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सहभागी विद्यार्थीहरुले स्मार्ट फाेन लगायत विभिन्न उपहार समेत प्राप्त गर्न सक्नेछन् ।

यही कार्तिक २० गते ( November 6 ) बिहीबारका दिन बिहान १०: ३० बजेदेखि ४ बजेसम्म ‘क्यानडा एजुकेशन फेयर-२०२५’ सञ्चालन हुने म्यापल इन्टरनेशनल एजुकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक ढकालले बताए । 

शैक्षिक परामर्शकाे क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर सक्रियताका साथ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको म्यापलले स्थापनाकालदेखि नै क्यानडालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

एजुकेशन फेयरमा सहभागी विद्यार्थीले क्यानडामा रहेका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर क्यानडाको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसरका विषयमा छलफल गर्ने अवसर प्राप्त गर्नेछन् । फेयरमा क्यानडामा रहेका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागीता रहने म्यापलले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षा अध्ययन गर्न क्यानडाका विश्वविद्यालयहरू रोजाइमा पर्दै आएका छन् । यस कारण म्यापल इन्टरनेशनल एजुकेशनकाे कार्यालयमा आयाेजना हुन लागेको क्यानडा एजुकेशन फेयर-२०२५’ मा विद्यार्थीहरूकाे उल्लेख्य सहभागिता हुने यस क्षेत्रका जानकारहरु बताउँछन्।

Tags

छुटाउनु भयो कि ?