बिजनेस

सुनको मुल्य अहिलेसम्मकै उच्च, कति छ​ आज​ तोलाको?

Lumbinikhabar Online

नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि आइतबार सुन तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २६२० मा कारोबार भएको थियो ।

Tags

छुटाउनु भयो कि ?