भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने पर्व हाे, श्रीकृष्ण जन्माष्टमी।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना भएका छन्।

यसैबीच, काठमाडौंको कपन, मुस्कान चाेकमा रहेको प्रशान्ती शिक्षा सदनले श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा प्रशान्तिका विद्यार्थीहरूले भजन-कीर्तन, नृत्य तथा श्रीकृष्णको जीवन दर्शनसँग सम्बन्धित विविध प्रस्तुतिहरू दिएका थिए।

कार्यक्रममा बाेल्दै प्रशान्ति शिक्षा सदनका अध्यक्ष मुरारी प्रसाद भण्डारीले जीवनलाई कर्म, ज्ञान र भक्ति -प्रेमको बाटोमा अघि बढाउन प्रेरणा दिने श्रीकृष्णको दिव्य शिक्षाले हाम्रा हृदय उज्यालो बनाउने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो।


