राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ।
बोर्डले आज (बिहीबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो।
साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ।