टप खबर

सरकारले किसानका मुद्धालाई बेवास्ता गरेको भन्दै अखिल नेपाल किसान महासंघको आपत्ती

Lumbinikhabar Online

अखिल नेपाल किसान महासंघको काठमाडौँ  महानगर कमिटीले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संगठनका अध्यक्ष निर्मल देउला नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रामेश्वर फुयाल लगायतका नेता तथा कार्यकर्ताका साथै संगठनका पदाधिकारीहरुको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

लम्पी स्किन महामारीका कारण किसानहरूले व्योहोर्नु परेको समस्या र सरकारबाट यो विषयमा भएको लापरबाहीका कारण किसानहरू मर्कामा परेको भन्दै ससरकारलाइ दवाब दिन उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा किसानका समस्याहरुको सम्बोधन हुन नसकेको भन्दै किसान् महासंघकि केन्द्रिय  उपमहासचीव  सरिता भुसालले दु:ख व्यक्त गरेकी छन् । देशमा लम्पी स्किन जस्ता रोगका कारण किसान हरु आहात भएको र यो विषयमा कृषि मन्त्री संग कुरा गर्दा सुनुवाइ नै नभएको भन्दै भुसाले दु:ख व्यक्त गरिन। आफूहरू पशुसेवा कार्यालयमा धर्ना बस्दा समेत कुनै सुनुवाइ नभएको र गठबन्धनको सरकारले एमाले निकट संगठनहरुका कुनै माग समेत सम्बोधन नगरेको तथा एमाले निकट संगठनहरु माथी गठबन्धन सरकारले दमन गर्न खोजेको आरोप समेत लगाएकी छन् ।

यस्तै  नेता रामेश्वर फुयालले पशु बिमा कार्यक्रमलाई प्रभावकारी ढंगबाट संचालन गर्न सरकारलाई सुझाव दिएका छन् । लम्पी स्किन जस्ता माहामारी रोगका कारण किसानले धेरै क्षति ब्यहोर्नु परेको बताउतै सरकारले यस्तो कुरामा लापरबाही गर्न नहुने बताए । यस्तै उनले महानगर भित्र अखिल नेपाल किसान महासंघको गति बढाउन र महासंघले किसानका पक्षमा कुनै कन्जुस्याइँ नगरी काम गर्नुपर्ने बताए । सरकार जनताका र किसानका मुद्धा उठाउन छोडेर खाली भाषणबाजी र प्रचारबाजि काममा लागेको उनको आरोप छ ।

नेपाली किसानका आवाजहरुलाई  सिंहदरबारले कुनै वास्ता नगरेको भन्दै आगामी भदौ १७ गते सरकारलाई आन्दोलन मार्फत झक्झाउने कार्यक्रम रहेको हुनको भनाइ छ । यस्तै फुयालले बैंकहरुले पनि कृषकहरुका लागि गर्नुपर्ने काम नगरेकोमा दुख व्यक्त गरे ।

उनले भने :`नेपाल कृषि प्रधान देश भएता पनी किसानले सम्मान सकिरहेका छैनन् । कतै मलको अभाव छ । कतै बीउ छैन । लम्पी स्किन जस्ता रोगका कारण थुप्रै पशु चौपायाको ज्यान गइसकेको छ । थुप्रै सङ्क्रमित छन् । सरकार कानमा तेल हालेर बसेको छ । नागरिकको वास्ता छैन । किसानको कुरा कस्ले सुन्ने ´

यस्तै आज नै रामबहादुर कार्की नेतृत्वमा २१ सदस्य रहने गरि अखिल नेपाल किसान महासंघको काठमाडौँ महानगरपालिका कमिटीको पुनर्गठन समेत गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?