अर्जेन्टिनी स्टाइकर लियोनल मेस्सी अमेरिकी क्लव इन्टर मियामीमा आबद्ध हुने भएका छन् ।
पछिल्लो समय आफ्नो फुटबल करियरको क्रममा पेरिस सेन्ट अफ जर्मेनी क्लवमा रहेका मेस्सी अब अमेरिकी क्लवमा आबद्ध हुने भएका हुन् ।
केही दिन अघि पीएसजी छाड्ने घोषणा गरेका मेस्सी साउदीको कुनै क्लवमा आबद्ध हुने अनुमान गरिएको थियो । तर उनले अमेरिकी क्लबसँग सम्झौता गर्ने भएको बताइएको छ ।
मेस्सीले साउदी प्रो लिग क्लब अल हिलालले ठूलै रकममा प्रस्ताव गरेपनि उनले अमेरिकी क्लवब नै रोजेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जितेर आफूलाई स्थापित गरेका मेस्सी पहिलो पटक युरोप बाहिरको क्लबमा आबद्ध हुने भएका हुन् ।