टप खबर

९ सय ९९ मा नै एसी इन्टलेसन गर्ने सुविधा ल्यायो इजी सर्भिस नेपालले

Lumbinikhabar Online

इजी सर्भिस नेपालले वार्षिक रुपमा एसी मर्मत संभार गर्नका लागि ए.एम.सी. अर्थात वार्षिक शुल्क ४९९/- रुपैयाँमा नै एसी मर्मत गरिदिने सेवाको समेत घोषणा गरेको छ।

यो सेवाको लागि मोबाइल एपमार्फत
समेत बुकिङ्ग गर्न सकिनेछ । यसको लागि कम्पनीको आधिकारीक एप https://play.google.com/store/apps/details?id=com.esn.ecrc डाउनलोड गरेर सेवा लिन सक्ने जनाएको छ।

हाललाई यो सुविधा काठमाडौं उपत्यकाको लागी मात्र रहेको छ भने पछि अन्य सहरहरूमा पनि विस्तार गरिँदै लगिने यस कंपनीका सर्भिस म्यानेजर सुमन सिंहले बताए।

एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाज, लगायतका ब्राण्डहरूको एसी मर्मत गरिदिने सेवाको घोषणा गरेको छ।

 

इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एण्ड रिसर्च सेन्टर(ईसीआरसी) द्वारा संचालित र अधिनमा रहेको छ। ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसूई लगायत विभिन्न ब्राण्डको आधिकारीक सर्भिस सेन्टर चलाईरहेको जानकारी दिएको छ।

यसका साथै कम्पनीले हाल टिभी, एसी, वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, माईक्रो ओभन, कोल्ड रूम, लगायतका इलेक्ट्रोनिक्स तथा समानहरुको मर्मत तथा जडान गर्ने कार्य गरिराखेको छ।
यसको लागि कम्पनीका देशभरी नै ३५ ओटा लोकेसन र १२० जना भन्दा बढी टेक्निसियन, र इन्जिनियरमार्फत सेवा प्रदान गरिराखेको छ।

Tags

छुटाउनु भयो कि ?