नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । निगमको नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटेको छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको भने यसअघिकै मूलय प्रतिलिटर १७५ रुपैयाँ पर्ने छ ।नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले जनाएको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६