राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवदेक युवराज पौडेलले आइतबार सर्वोच्चमा दिएको निवेदन सोमबार मुख्य रजिष्ट्रारले दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रवक्ता विमल पौडेलका अनुसार निवेदनमाथिको पेसी मंगलबारका लागि तोकिएको छ ।
निवेदक पौडेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाऊँ भन्ने माग गरेका छन् ।