News in Nepali

गठबन्धन परिवर्तनको एक महिना : सत्ता सहयात्री सिंहदरबार बाहिरै

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता सहयात्री फेरेको आज एक महिना पूरा भएको छ । प्रधानमन्त्री प्रचण्डले फागुन १२ गते पुस १० गते बनेको सात दलीय गठबन्धन विसर्जन गरेका थिए ।

राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि पुस १० को सत्ता समीकरणमा उलटफेर आएको थियो । सोही साँझ कांग्रेसको नेतृत्वमा ८ दलीय गठबन्धन बन्यो । जसमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नाउपा र जनमोर्चा सम्मिलित भए ।

उक्त आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बने । रास्वपाको पनि साथ पाएका पौडेलले एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गरी फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भए ।

उपराष्ट्रपतिमा भने सत्ता गठबन्धनबाट एकल उम्मेदवारी भएन । जसपाका रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीले ममता झालाई उम्मेदवार बनायो ।

एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको थियो । तर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा, जनमोर्चा लगायतको साथ पाए यादव उपराष्ट्रपति बने । यो बेलासम्म प्रचण्ड सरकार अल्पमतमा परिसकेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?