लुम्बिनीमा नेकपा माओवादी केन्द्रसहित ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि उनीहरूले आज प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी रहेका छन् । एक स्वतन्त्र सांसदले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।