News in Nepali

तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमित रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय जनगणना २०७८को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उनले भने, ‘ जनसंख्या तथ्यांक नेपालको तथ्यांक प्रणालीको एक अभिन्न अंग हो। यो लगायत संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी देखेको छु।’

उनले सरकारले तथ्यांक प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्यांक पद्धतिको निर्माण गर्ने उद्देश्यले हालै जारी गरेको तथ्यांक ऐन, २०७९ को कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

तथ्यांक प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्यांक पद्धतिको निर्माण गर्ने उद्देश्यले हालै जारी भएको तथ्यांक ऐन २०७९ को कार्यान्वयनलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?