News in Nepali

सहरी जनसंख्या बढ्दो, गाउँमा घट्दो

Lumbinikhabar Online

राष्ट्रिय जनगणना २०७८ ले शहरी क्षेत्रमा बस्नेको संख्या बढ्दो रहेको देखाएको छ भने गाउँमा बस्नेको संख्या घट्दो रहेको छ । तथ्यांक विभागका अनुसार सहरी जनसंख्या भन्नाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बसोबास गर्नेहरू हुन् भने गाउँको जनसंख्या गाउँपालिका क्षेत्रमा बसोबास गर्नेहरूको हो ।

२०७८ को गणनामा सहरी जनसंख्या ६६.१७ प्रतिशत छ भने गाउँको जनसंख्या ३३.८३ प्रतिशत छ । जबकि संघीय संरचनापछि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकामा गरिएको वर्गीकरणको आधारमा २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा नगरपालिकाहरुको जनसंख्या ६३.१९ प्रतिशत र गाउँपालिकाहरुको जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।
यस आधारमा स्थानीय तहको समायोजनपछि मात्रै सहरी जनसंख्या ३ प्रतिशतले बढेको छ भने ग्रामीण जनसंख्या त्यही हाराहारीमा घटेको छ ।

Tags

छुटाउनु भयो कि ?