News in Nepali

त्रिभुवन विश्वविद्यालय सुधारमा सरकार गम्भीर छैन : खिमलाल देवकोटा

Lumbinikhabar Online

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु आए पनि सरकार गम्भीर नबनेको बताएका हुन् ।
उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु कान्तीपुर दैनिक लगायतका सञ्चारमाध्यमहरुमा निरन्तर आएका छन् । तर, सरकार त्रिभुवन विश्वविद्यालय सुधारमा गम्भीर छैन ।’

उनले शिक्षाको ८०-८५ विद्यार्थी अध्ययनर विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गरे। उनले त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग माग गरे ।

उनले भने, ‘उच्च शिक्षाको ८०-८५ विद्यार्थी अध्ययनरत यस विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो । त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग जोडदार माग गर्छु ।’

Tags

छुटाउनु भयो कि ?