नेपाली कांग्रेसका नेता नैनसिंह महरले दश दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर मात्र कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए।
उनले भने, ‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन । सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ र त्यसपछि मात्र सरकारमा सहभागी हुँदा राम्रो हुन्छ ।’
उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए ।