News in Nepali

देशका उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।
सोमवार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले पनि एकथरी मानिसहरु यो गणतन्त्रलाई, यो समावेशी समानुपातिक मान्यतालाई यो देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत छन् । अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ । राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म इतिहास साच्ची छ हामीलाई दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरु नै हार्नेछन् । अहिले पनि कहीँ कतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल हुँदैन । जनता नै सफल हुन्छन् ।

Tags

छुटाउनु भयो कि ?