जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति उम्मेदवारमा पार्टीका रामसहायप्रसाद यादवको नाम दर्ता गरिने बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति हुन फरक लिंग वा समुदायको व्यवस्था भएकाले उपराष्ट्रपतिमा यादवले उम्मेदवारी दिने यादवले बताए ।
‘निर्वाचन आयोगले महिला अनिवार्य भनेको थाहा छैन । निर्वाचन आयोगको विज्ञप्तिमा पनि छैन । लिङग वा फरक समुदाय भनिएको छ । संविधान र निर्वाचन ऐनमा त्यहीँ छ’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘फरक लिङग वा समुदाय भनेको रामचन्द्र पौडेल र रामसायहप्रसाद यादव एउटै समुदाय होइनन् ।’ तर, निर्वाचन आयोगका प्रमुख निर्वचन आयूक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति महिला उम्मेदवार हुनुपर्ने बताएका छन् ।