नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको सो दलका सांसद गंगाराम चौधरीले जानकारी दिए । राष्ट्रपतिमा पुरुष निर्वाचित हुँदा निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेपछि उन्मुक्ति पार्टीले यस्तो निर्णय गरेको हो ।
‘पार्टीबाट निर्णय गरयो । अब ९ दलीय गठबन्धनमा छलफल हुन्छ । परामर्श गरेर अघि बढ्छौं,’ सांसद चौधरीले भने ।