प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नै नेतृत्वको सरकार आगामी निर्वाचनसम्म जाने दाबी गरेका छन् । केन्द्रमा समीकरण बदलिएसँगै प्रदेश १ सरकारको भविष्यलाई लिएर विभिन्न आकलन भइरहेका बेला मुख्यमन्त्री कार्कीले त्यस्तो दाबी गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्कालै प्रदेश एक सरकार नछाड्ने भनेको र चार दल बीचको सरकार पाँचै वर्ष टिकाउने सहमति गरेका कारण तत्काल सरकार नढल्ने दाबी उनले गरे । ‘
राप्रपाले सरकारबाट नबाहिरिने बताइसकेको छ, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि त्यही भन्नुभएको छ, जसपाका नेताले पनि त्यही भनेका छन्, त्यसकारण यो सरकार आउने निर्वाचनसम्म टिक्छ,’ टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले भने, ‘त्यसमा कुनै अविश्वास गर्नुपर्ने कारण छैन ।