कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् । उनी ८ दलीय गठबन्धनका शीर्ष नेताहरुसँगै बानेश्वर पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु उनको प्रस्तावक बन्ने बताइएको छ। शनिबार बसेको कांग्रेसको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।