मनोरन्जन

राजु केसी निर्देशित ‘उर्वशी’मा नम्रता र सवित(भिडियो)

Lumbinikhabar Online

काठमाडौं । वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा ‘उर्वशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘ओएसआर डिजिटल’बाट सार्वजनिक भएको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ ।
प्रमोद खरेलको स्वर रहेको ‘उर्वशी’ को भिडियोले ‘माया भनेको सवल मान्छेको मात्र हुदैन ‘भन्ने सन्देश दिएको छ ।
भक्तपुरमा गत साता एक कार्यक्रमको आयोजना गरि प्रिमियर शो मार्फत भिडियो वारे जानकारी दिइएको थियो ।

संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो । रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन ।
लामो समयदेखि चलचित्र ,म्यूजिक भिडियो ,टेलिचलचित्र,विज्ञापनहरु छायांकन गर्दै आईरहेका केसी निर्देशित थुप्रै भिडियोहरु सफल रहेका छन ।

Tags

छुटाउनु भयो कि ?