News in Nepali

पूर्वी रुकुमबाट बागी उम्मेदवारी दिएका रावलको कारबाही फिर्ता लिन माग

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) बाट रुकुम प्रदेशसभा २ बाट बागी उम्मेदवारी दिएका केशव रावलले कारबाही फिर्ता लिन माग गरेका छन् । एक विज्ञप्ति जारी गर्दै जिल्ला इन्चार्ज तेजबहादुर ओलीको निर्देशनमा बागी उम्मेदवारी दिएकाले कारबाही निशर्त हुनुपर्ने माग गरेका छन् ।

आफूले जिल्ला इन्चार्ज ओलीसँगको सल्लाहमा प्रदेश सभामा बागी उम्मेदवारी दिए पनि आर्थिक चलखेल भएपछि फिर्ता नलिएको रावलले बताएका छन् । काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित धनबहादुर केसीसँग जिल्ला माओवादी जिल्ला इन्चार्ज ओलीले आर्थिक लेनदेन गरेको आरोप लगाएका छन् ।

यस्तै माओवादी जिल्ला इन्चार्ज सांस्कृतिक रूपमा विचलित भएकाले देखाउनुपरे सबै प्रमाण देखाएर पुष्टि गर्न सक्ने रावलले बताए । रावल तत्कालीन अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए । विद्यार्थीबाट राजीनामा दिएर पूर्वी रुकुम २ बाट प्रदेशसभामा उम्मेदवारी दिएका थिए । रावलको क्षेत्रमा गठबन्धनबाट काँग्रेसका केसीले टिकट पाएपछि उनलाई कारबाही गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?