News in Nepali

गगन–विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्न : ‘जनयुद्ध दिवस’बारे कांग्रेसको धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले फागुन १ लाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाउने सरकारको निर्णयबारे पार्टी मौन रहेकोमा प्रश्न गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र प्रवक्ता प्रकाशशरण महतलाई ट्विटरमा मेन्सन गर्दै रिजालले यसबारे धारणा राष्ट्रपति निर्वाचनपछि कि अहिले आउँछ भनेका छन् ।

एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?’

सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि माओवादी इत्तर कित्ताबाट उक्त निर्णयको विरोध भइरहेको छ।कांग्रेस नेता शेखर कोइरालाले पनि विरोध गरेका छन् । सत्तारुढ दल एमालेकै नेताहरुले पनि सरकारको उक्त निर्णयको विरोध गरिरहेका छन् ।

Tags

छुटाउनु भयो कि ?