News in Nepali

कांग्रेस सांसद खतिवडाको प्रश्न– ‘प्रत्येक पालिकामा कालोपत्रे सडक कहिले ?’

Lumbinikhabar Online

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले प्रत्येक पालिकामा कालोपत्रे सडक पुर्‍याउने उद्देश्य लिए पनि अहिलेसम्म प्रतिबद्धता बमोजिम काम हुन नसकेको बताएका छन् । उनले ओखलढुंगाका स्थानीय तहमा नै कालोपत्रे सडक नपुगेको भन्दै कहाँ कस्तो अवस्था छ भन्नेबारे भौतिक पुर्वाधारमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘सरकारले प्रत्येक गाउँपालिकामा कालोपत्रे सडक पुर्‍याउने भनेको छ । तर, ओखलढुंगामा त पुगेको छैन, अन्यत्र के कसो छ ? कहिलेसम्म पुर्‍याउने हो ? यसबारे मन्त्रीज्यूले जवाफ दिनुपर्‍यो ।’

उनले भुकम्पपीडितहरूले घर निर्माणवापत् पाउनुपर्ने अनुदान रकम वितरणमा समेत ढिलासुस्ती भइरहेको बताए । ‘भुकम्पपीडितहरूले घर त बनाइसके, तर तीन लाख रुपैयाँ पाउने भनेको अहिलेसम्म पाएका छैनन्, त्यो कहिले पाउने हो ?,’ उनको प्रश्न छ ।

Tags

छुटाउनु भयो कि ?