News in Nepali

जबर्जस्ती करणी अभियोगमा एक युवक पक्राउ

Lumbinikhabar Online

नाबालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनापति गाउँपालिका– २ का २६ वर्षीय रविन थापामगर रहेका छन् ।

प्रहरीका अनुसार माघ २७ गते शुक्रबार साँझ घरमा बसिरहेकी १४ वर्षीया नाबालिकालाई ललाइफकाई सुनापति– २ मा रहेको फलामेपोखरी सामुदायिक जंगलमा जबर्जस्ती करणी गरेर फरार भएका थिए । नाबालिकाले घटनाबारे बताएपछि परिवारले प्रहरीमा थापाविरुद्ध जाहेरी दिएका थिए ।

परिवारको जाहेरीका आधारमा प्रहरीले थापालाई खाँडादेवी गाउँपालिका– १ राकाथुमको खैरेनी पुलनजिकै लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?