News in Nepali

नाडाद्वारा ट्राफिकलाई हाइटेक एड्भान्स सिपियू सहयोग

Lumbinikhabar Online

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पाँच थान हाइटेक एड्भान्स सिपियू तथा त्यससँग सम्बन्धित उपकरणहरू प्रदान गरेको छ । बिहीबार ट्राफिक प्रमुख मीरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि उपकरणहरू हस्तान्तरण गरिएको नाडाले जनाएको छ ।

त्यसै क्रममा नाडाले सय थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ । सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको बताए । साथै, नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतदेखि नै सहयोग प्रदान गर्दै आएको र यसैलाई निरन्तरता दिएको बताए ।

ट्राफिक प्रमुख चौधरीले नाडाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने अपेक्षा राखेको बताइन् ।

Tags

छुटाउनु भयो कि ?