संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम यस वर्ष होटलमा आयोजना नहुने भएका छन् ।
मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय लिएको थियो ।
यसको कार्यान्वयनका लागि पर्यटन मन्त्रालयले अब आफ्नो मातहतका सबै कार्यक्रम आफ्नै हलमा गर्ने निर्णय लिएको हो । त्यसका लागि पर्यटनले तीन वटा हल र त्यसको क्षमता समेत सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार अब सबै निकायले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन परिसर भित्रका हलहरु प्रयोग हुने भएका छन् । यहाँ २ सय क्षमताको एक र ५०/५० जना क्षमताका दुई वटा हल रहेका छन् ।
काठमाडौं उपत्यका भित्र तालिम, कार्यशाला गोष्ठी, समारोह तथा बैठक सञ्चालन गर्दा पर्यटन मन्त्रालय मातहतका निकायले यी हल प्रयोग गर्नुपर्ने भएको छ ।