नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने भएको छ । माओवादी केन्द्रको यही माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समितिको बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको पार्टी कार्यालय सचिव श्रीराम खनालका अनुसार यो निर्णय केन्द्रदेखि वडातहसम्मै लागू गर्ने पार्टीको निर्णय छ । केन्द्रमा पनि विभिन्न विभागहरुमा जिम्मेवारी तोक्न बाँकी रहेकाले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै तोक्ने, प्रदेश, जिल्ला, स्थानीय तहमा पनि यही नीति लागू हुने पार्टी कार्यालयका सचिव खनालले जानकारी दिए ।