कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन दिदै अरुलाई पन्छायाएर उम्किन नमिल्ने बताएका छन् ।
प्रदेशको भौतिक, वित्तीय प्रगति र राजश्व आम्दानीको अवस्था दयनीय भएकाले लक्ष्य अनुसारको प्राप्ति हुन किन सकेन ? भन्दै प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीहरुसँग जवाफ खोजेका छन्
चालु आवको साढे ६ महिना बेतित भै सक्दा आन्तरिक राजस्व ७१ करोड २९ लाख अनुमान गरिएकोमा २५ करोड ५ लाखमात्र उठेको, वित्तिय खर्च १०.७७ हुँदा भौतिक खर्च कतिभयो भनेर सहजै अनुमान लगाउँन सकिन्छ,’ निर्देशनको ३ नम्बर बुँदामा भनेका छन्, ‘यो अवधिमा हामीले के गरेर वितायौं ?’ भन्दै प्रश्न गरेका छन् ।
चुनौतीलाई सामना गर्दै सचिवहरूले उल्लेखनीय रूपान्तरण गर्न विशेष प्रतिबद्धता र योगदानको अपेक्षा मुख्यमन्त्री शर्माले गरेका छन् । १७ माघमा निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका शर्माले कर्मचारीलाई भनेका छन्, ‘कुनै पीरमर्का भए मलाई सिधै भन्नुस, तर अरुलाई पन्छ्याएर उम्किन मिल्दैन।’