News in Nepali

बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहाेर संकलन सुरु

Lumbinikhabar Online

सात पालिका रहेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले पहिलोपटक स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन गर्ने कार्य थालनी गरेको छ ।

नगरपालिकाले ३० बुँदे कार्ययोजनाअन्तर्गत कुहिने, नकुहिने र सिसाजन्य तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था मिलाएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

नगर क्षेत्रबाट उत्पादन हुने फोहरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले आनाकानी तथा आलटाल गरे वा अवरोध गरे तत्काल नगरबाट दिने सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहरमैला व्यवस्थापन कार्यान्वयनका लागि अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

 

Tags

छुटाउनु भयो कि ?