News in Nepali

भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता

Lumbinikhabar Online

आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले आज अन्तिम प्रतिष्पर्धामा भाग लिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त डा. हरि पौडेलले आयोगले भ्रष्टाचार न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रतियोगिताका माध्यमबाट आम जनतालाई सचेत गराएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानुनको आवश्यक पालना र न्यूनीकरणलाई ध्यानमा राखेर आम जनतामा सचेतना फैलाउन लोकदोहोरीमार्फत उजागर गरिएको बताए । उनले लोकदोहोरी सबै क्षेत्रमा सुनिने र आम मानिसले सहज रूपमा बुझ्ने भएकाले अख्तियारी सम्बन्धीका नीति नियमहरू गीतका माध्यमबाट प्रस्तुत गरिएको बताए ।

Tags

छुटाउनु भयो कि ?