News in Nepali

सामाजिक सञ्जालमा फिल्मको पाइरेसी रोक्न कानुन बनाइने

Lumbinikhabar Online

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सुरक्षा र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् । चलचित्र पत्रकार संघले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने जनाए ।

कानुन संशोधन मात्रै समस्याको समाधान नभई नयाँ कानुन बनाउनु आवश्यक रहेको भन्दै यसका लागि बोर्डले पहल गरिरहेको उनले बताए । अध्यक्ष केसीले बोर्डको गतिविधिलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे ।

Tags

छुटाउनु भयो कि ?