News in Nepali

महानगरले हटायो ९ हजार वटा होर्डिङ र साइन बोर्ड

Lumbinikhabar Online

काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड ) हटाएको दाबी गरेको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी हटाएको काठमाडौं महानगरले जनाएको छ ।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

Tags

छुटाउनु भयो कि ?