भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिर: नरेन्द्र उपाध्यायको फेसबुकबाट।भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिर: नरेन्द्र उपाध्यायको फेसबुकबाट।
Tata box 1Laxmi bankEveryghar
मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका विपद् सम्पर्क व्यक्ति नयन रावलले भूकम्पको धक्काका कारण धेरै मानिस घर बाहिर आए पनि अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको बताए।